Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:२० बिहान
- ADVERTISEMENT -

इंग्ल्यान्डमाथि भारतको फराकिलो जित

प्रकाशित मिति: २०७८ भदौ १, मंगलबार

316
Shares

काठमाडौँ, १ भाद्र २०७८ । घरेलु टिम इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतले फराकिलो जित हात पारेको छ । सोमबार राति उत्कृष्ट प्रदर्शनका साथ भारतले इंग्ल्यान्डमाथि १ सय ५१ रनको सानदार जित निकालेको हो ।

जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा ५१.५ ओभरमा १ सय २० रनमा अल आउट हुन पुगेको हो । इंग्ल्यान्डका लागि कप्तान जो रुटले सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै, जोस बट्लरले २५ रन र मोइन अली १३ रन जोड्नबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । बुमराहले तीन, ईशान्त शर्माले दुई मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि दोस्रो इनिङमा भारतले पाँचौं दिन दोस्रो सेसनमा १०९.३ ओभरमा ८ विकेटको क्षतिमा २९८ रन बनाउँदै अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। भारतका लागि अजिन्का रहानेले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद शामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । त्यस्तै, चेतेश्वर पुजाराले ४५ रन, ऋषव पन्तले २२, रोहित शर्माले २१ र कप्तान विराट कोहलीले २० रन जोडे भने जस्प्रित बुम्राह ३४ रनमा अविजित रहे । इंग्ल्यान्डका मार्क वुडले तीन विकेट लिँदा मोईन अली र ओली रोबिन्सनले दुई दुई विकेट लिए । साम करनले एक विकेट लिएका छन् ।

पहिलो इनिङमा लर्ड्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत १२६.१ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको थियो । त्यसपछि जवाफी व्याटिङमा आएको इंग्ल्यान्डले पहिलो इनिङमा १ सय २८ ओभरमा ३ सय ९१ रनमा अल आउट भएको थियो । जितसँगै पाँच टेस्ट खेलमा पाहुना टोली भारतले १-० को अग्रता लिएको छ । पहिलो खेल बराबरीमा सकिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -