Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:४५ बिहान
- ADVERTISEMENT -

पालुङटार नगरपालिका क्षेत्र भित्र किसान समुहलाई आर्थिक अनुदान सहयोग

प्रकाशित मिति: २०७८ साउन ३२, सोमबार

355
Shares

गोरखा, सोमबार, ३२ साउन २०७८ । गोरखाको पालुङटार नगरपालिका क्षेत्र भित्र दुध उत्पादन बढाउन भैसी पालक किसान समुहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका ५ वटा भैसी पालन गनेृ समुहका ४८ जना किसानलाई १५ लाख ६० हजार रुपैया अनुदान उपलब्ध गराइएको हो ।

नगरपालिका पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाका अनुसार किसानले गोठमा भैसी आएपछि प्रत्येकलाई भैसी खरिद बापत ३० हजार रुपैयाँ तथा ढुवानी बापत २ हजार ५०० रुपैया अनुदान रकम पाउने छन् । संघिय सरकारको सर्शत कार्यक्रम अन्तर्गत नगरपालिकाले २ प्रतिशत सहुलियत व्याजदरमा प्रत्येक किसानहरुलाई ५० हजार रुपैयाँ समेत ऋण सहयोग उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा दुधको माग बढी भए संगै व्यवसायिक रुपमा दुध उत्पादनमा लाग्ने किसानहरु प्रोत्साहनकालागि अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकालाई दुध उत्पादनमा आत्मा निर्भर बनाउने लक्ष्य काम भइरहेको नगरपालिकाले जनाएको छ ।

अनुदान उपलब्ध गराउनु अघि नै नगरपालिकाको अनुगमन टोलीले किसानको घरमा पुगेर भैसी पाल्नका लागि घाँस, गोठको अबस्थाको बारेमा अघ्यन गरेको थियो । अनुदान उपल्ब्ध गराएका भैसी पालक किसानहरुले दुध उत्पादन सुरु गरिसकेको पनि नगरपालिकाको पशु शाखाले जनाएको छ ।

कार्यक्रम अन्र्तगत नगरपालिकाको ४ को ठाँटीचौर स्थित ठाँटीचौर भैसी पालन समुह, ५ को माँझखोर स्थित श्री लिगलिग पशु कृषि सामुदायिक समितिका गरि २० जनालाई अनुदान उपलब्ध गराइएको छ ।

त्यस्तै गरी नगरपालिकाको ५ को माँझखोर स्थित श्री नौखोर पशुपालक कृषक समुह, १ को ज्योती चौतारामा रहेको श्री ज्योती दुग्घ संस्थान कृषक समुह, १० को लप्सी चौर स्थित श्री मिलिजुली पशुपालन समुहमा आबद्ध भएका २८ जनालाई किसानलाइ पनि अनुदान रकम उपलब्ध गराइएको छ ।

नगरपालिकाले प्रत्येक भैसीपालक कृषक समुहलाई ५ हजार रुपैयाँका दरले समुह सञ्चालन खर्च समेत उपलब्ध गराएको छ । भैसी पालक समुह र कृषकहरुको नगरपालिकाबाट नियमित अनुमगन समेत नगरपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -