काठमाडौं, ३० साउन २०७८ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाका अनुसार आज धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसमी बुलेटिनका अनुसार प्रदेश नम्बर १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
हाल मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोले यसको प्रभाव तराई भेगमा बढी पर्ने शाखाले जनाएको छ ।
प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
पहाडी भू भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान शाखाले अनुरोध गरेको छ।








































