काठमाडौँ, बुधबार, २७ साउन २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला भौतिक उपस्थितिमै त्रिविलगायतका परीक्षा सञ्चालन भइरहेकोले विद्यार्थीको स्वास्थ्य जोखिममा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक संजाल मार्फत उहाँले यसरी ध्यानाकर्षण गराउनु भएको हो ।
वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन्।एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन् ।
एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ!तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर्न आग्रह गरे ।
यस बारेमा हिजो सांझ प्रधानमन्त्रीज्यू लाई भेटेरै ध्यानाकर्षण गराएको छु । उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ ।










































