Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१:३५:१४ राति
- ADVERTISEMENT -

कांग्रेस महाधिवेशन गर्ने मुख्य दायित्व देउवाकै : नेता थापा

प्रकाशित मिति: २०७८ साउन २७, बुधबार

354
Shares

काठमाडौं, बुधबार, २७ साउन २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाले तोकिएको समयमा कांग्रेस महाधिवेशन गर्ने मुख्य दायित्व प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाकै भएको बताउनु भएको छ । नेपाली कांग्रेस संस्थापन इतर पक्षका जिल्ला सभापतिहरूको भेलामा बोल्दै नेता थापाले उक्त कुरा बताउनु भएको हो ।

‘पार्टी सभापतिले भदौ १६ मा महाधिवेशन हुन्छ भनेर भन्नुभएको छ । अब महाधिवेशनको चिन्ता गर्ने जिम्मा उहाँकै हो । विकल्प दिने हो भने पनि जिम्मा पनि उहाँकै हो । हामीले चिन्ता गर्न पर्दैन,’ जिल्ला सभापति भेलामा थापाले भन्नुभयो ।

सभापति भेलाले पार्टीको आसन्न महाधिवेशन, कोरोना महामारीलगायतका विषयमा चारबुँदे निष्कर्षसमेत प्रस्तुत गर्नु भयो । नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीका अनुसार चार क्रियाशील सदस्यताको विवाद तत्काल टुंग्याउनुपर्ने र टुंगो लाग्न नसके अर्को महाधिवेशनका लागि थाती राख्नुपर्ने निष्कर्ष भेलाको छ। यद्यपि भेलामा नेताहरूले बोल्ने क्रम जारी छ ।

यी हुन् चार निष्कर्ष

१. क्रियाशील सदस्यता चाँडो टुंगो लगाउने, नयाँ कार्यतालिका ल्याएर भ्याउने अवस्था रहे नियमित महाधिवेशन

२. नियमित महाधिवेशन हुन नसके ०१४ नजिर र पार्टीको विधानमा टेकेर विशेष महाधिवेशन

३. विद्यार्थी र शिक्षकलाई अविलम्ब खोप र पठनपाठन सञ्चालन गर्न माग

४. सबै खालका भ्रष्टाचार र भ्रष्टाचारका काण्ड छानबिन गर्न पूर्वप्रधानन्यायाधीको संयोजकत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्न माग

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -