गोरखा, मंगलबार, २६ साउन २०७८ । गोरखाको अजिरकोट गाउँपालिकामा कोभिशिल भ्याक्सिनको दोस्रो खोप लगाइने भएको छ ।
गाउँपालिका अन्तर्गत भएका ५ वटा स्वास्थ्य चौकीमा कोभिशिल भ्याक्सिनको दोस्रो खोप मात्रा लगाइने नि प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले जानकारी दिनुभयो ।
गत फागुन २३ गतेदेखि २५ गतेसम्म कोभिड-१९ विरुद्ध कोभिशिल भ्याक्सिनको पहिलो खोपको मात्रा लगाउनु भएका वडाबासीहरुले यहि साउन २७ गते बुधबार र २८ गते बिहिबार पालिका अन्तर्गत ५ वटा स्वास्थ्य चौकीमा कोभिशिल भ्याक्सिनको दोस्रो खोपको मात्रा लगाइने नि प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले जानकारी दिनुभयो ।
सम्पुर्ण वडाबासी महानुभावहरुलाई आफूसंग भएको खोप कार्डसहित सम्बन्धित स्वास्थ्य चौकीमा गएर दोस्रो खोप लगाउन अजिरकोट गाउँपालिकाले अनुरोध गरेको छ ।








































