Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१७:१४ बिहान
- ADVERTISEMENT -

आज ‘यथार्थपत्र’ सार्वजनिक गर्दै अर्थमन्त्री

प्रकाशित मिति: २०७८ साउन २६, मंगलबार

396
Shares

काठमाडौं, मंगलबार, २६ साउन २०७८ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको ‘अर्थतन्त्रको यथार्थपत्र’ मंगलबार ल्याउने भएका छन् । अर्थमन्त्री ले आज मंगलबार प्रतिनिधि सभामा यथार्थपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । वर्तमान आर्थिक अवस्थाको जानकारी तयार गरिएको अर्थमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

कोभिडबाट अर्थतन्त्रमा परेको प्रभावलगायत विषयलाई समेटेर यथार्थ विवरण तयार पारिएको मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए। यथार्थपत्रमा अबका चुनौतीलाई र अबको बाटो के–कस्तो हुने भनेर पनि उल्लेख गरिएको उनको भनाइ छ।

नयाँ सरकार आएपछि अर्थमन्त्री बनेका शर्माले यथार्थपत्र ल्याउन लागेका हुन्। यसअघि डा युवराज खतिवडाले श्वेतपत्र ल्याएका थिए । आफूभन्दा अघिका सरकारलाई विभिन्न आरोप लगाउँदै श्वेतपत्र ल्याएको डा खतिवडामाथि आरोप लागेको थियो ।

उता राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति भने अर्थ मन्त्रालयका कारण अड्किएको छ । गत बुधबार बसेको अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले भने, ‘हामी अर्थ मन्त्रालयको पत्र कुरिरहेका छौं । मौद्रिक नीति तयार भइसक्यो। सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘बजेट नै वित्तिय नीति र मौद्रिक नीतिलाई जोड्ने आधार भएकोले नयाँ बजेटअनुसार मौद्रिक नीति ल्याउने सोचमा छौं।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -