Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१६:५२ बिहान
- ADVERTISEMENT -

सेती लोकमार्गलाई विशेष प्राथमिकता

प्रकाशित मिति: २०७८ साउन २६, मंगलबार

397
Shares

काठमाडौँ, मंगलबार, २६ साउन २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको गौरव ‘सेती लोकमार्ग’लाई विशेष प्राथमिकतामा राखी निर्माणमा तीव्रता दिने बताउनुभएको छ ।

उहाँले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेता र जनप्रतिनिधिसँगको भेटमा सोमबार यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “सेती लोकमार्ग सुदूरपश्चिम प्रदेशको मात्र नभई राष्ट्रकै लागि गौरवको आयोजना हो । यस विषयलाई मैले विशेष रूपमा लिएको छु । भारत–नेपाल–चीन जोड्ने यो लोकमार्ग बहुउपयोगी छ ।”

कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा र बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सेती लोकमार्गको लम्बाइ ३५९ किलोमिटर छ । निर्माण सुरु भएको १२ वर्षसम्म पनि १३० किलोमिटर मात्र ‘ट्र्याक’ खुलेको छ ।

नेपाली काँग्रेस अछामका नेता मेघराज खड्काले सेती लोकमार्ग सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय गौरवको आयोजना भएकाले उच्च प्राथमिकतामा राखी निर्माण कार्यमा तीव्रता दिन र पर्याप्त बजेट विनियोजनका लागि प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो ।
आर्थिक वर्ष २०६५/६६ बाट सुरु भएको सेती लोकमार्ग भारत र चीनको सीमा जोड्ने छोटो सडक मार्ग पनि हो । उहाँले विगतका सरकारले सेती लोकमार्गलाई उच्च प्राथमिकतामा राखी पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण अधुरै रहेको बताउनुभयो ।

भेटमा काँग्रेसका पूर्वमन्त्री एवं केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा कैलाली, डोटी, अछाम, बाजुरा र बझाङका नेताहरू सहभागी हुनुहुन्थ्यो । उहाँहरूले प्रधानमन्त्री देउवालाई सेती लोकमार्ग भारत–नेपाल–चीनबीच त्रिदेशीय सम्बन्धसँगै बहुउपयोगी रहेको स्मरण गराउनुभयो ।
कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्म करिब २४२ किलोमिटर सडकको ट्र्याक खोल्न रेखाङ्कनसमेत भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -