Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:३९:२८ बिहान
- ADVERTISEMENT -

अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध : मन्त्री अधिकारी

प्रकाशित मिति: २०७८ साउन २५, सोमबार

410
Shares

गलकोट, सोमबार, २५ साउन २०७८ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले आज धौलागिरि अस्पताल बागलुङको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा उहाँले आइसोलेशन कक्ष, अक्सिजन प्लान्ट, शिशु सघन कक्ष, प्रसूति कक्ष, पीसीआर प्रयोगशाला र डायलासिस कक्षको वस्तुस्थित तथा अस्पतालको सूचना केन्द्रबाट फोन गरेर कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो ।

सोही अवसरमा अस्पतालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा अस्पतालले महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । “अस्पतालमा दक्ष जनशक्ति र उपकरण थप्दै जानुपर्ने अवस्था छ, अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्दा भवनसमेत थप्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अस्पतालको विकासप्रति सरकार संवेदनशील छ, छिट्टै नै आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिनेछ ।”

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले अस्पतालको अवस्था, कार्यप्रगति, समस्या र चुनौतीका विषयमा जानकारी गराउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले कोरोना महामारीसँग जुध्न स्थापना भएको आईसीयू र भेन्टिलेटरमा जनशक्ति अभाव टड्कारो समस्याका रुपमा रहेको बताउँदै अस्पतालमा निर्माणाधीन ‘सी’ ब्लकको भवन निर्माण सुरु भएको आठ वर्षमा पनि सम्पन्न नभएकोमा मन्त्री अधिकारीलाई ध्यानाकर्षण गराउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -