Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:५८:०८ राति
- ADVERTISEMENT -

नेपालको प्रस्ताब अस्वीकृत, १३ औं साफ माल्दिभ्समा हुने

प्रकाशित मिति: २०७८ साउन २५, सोमबार

333
Shares

काठमाडौं, सोमबार, २५ साउन २०७८ । दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको १३ औं संस्करण माल्दिभ्सले आयोजना गर्ने तय भएको छ । आगामी अक्टोबर १ देखि १३ सम्म साफ च्याम्पियनशीप माल्दिभ्समा हुने तय भएको हो ।

दक्षिण एशियाली फुटबल संघ(साफ)को कार्यकारी समितिले सोमबार साफ फुटबलको आयोजना माल्दिभ्सलाई दिने निर्णय गरेको हो । नेपाल र माल्दिभ्स दुबै राष्ट्रले आयोजनाको प्रस्ताब पठाएको थियो । माल्दिभ्सको प्रस्ताब स्वीकृत भएको साफले जनाएको छ ।

साफले एक वक्तब्य जारी गरी माल्दिभ्समा कोभिड १९ सङ्क्रमणको जोखिम अपेक्षाकृत कम रहेकोले उसको प्रस्ताब स्वीकृत गरिएको उल्लेख गरेको छ । यसअघि माल्दिभ्स र श्रीलङ्काले संयुक्त रुपमा सन् २००८ को साफ आयोजना गरेको थियो । माल्दिभ्सले घरेलु मैदानमा उपाधि हात पार्न सफल भएको थियो ।

साफको १३ औं संस्करणमा माल्दिभ्स, बङ्गलादेश, नेपाल, श्रीलङ्का र भारतले सहभागी हुने सुनिश्चित गरिसकेको छ । भुटानले अबको तीन महिनाभित्र आफ्नो सहभागिताबारे निर्णय लिनेछ ।

नेपालले यसअघि सन् १९९७ र सन् २०१३ मा गरी दुई पटक साफ च्याम्पियनशीप आयोजना गरेको छ । साफ च्याम्पियनशीपमा भारत सबैभन्दा बढी सफल राष्ट्र हो । उसले सात पटक उपाधि उचालेको छ । नेपाल साफ च्याम्पियनशीपको फाइनलसम्म पुग्न अझै पर्खेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -