काठमाडौं, सोमबार, २४ साउन २०७८ । सर्वोच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजबारे परेको रिटमाथि सोमबार सुनुवाई हुने भएको छ ।
न्यायाधीश ईश्वर खतिवडाको इजलासमा खारेजमा परेको आयोगका अध्यक्ष देवी ज्ञवालले दायर गर्नु भएकाे रिटको सुनुवाइ हुने भएको हो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी एने, २०२१ को दफा ५२ ख को उपदफा ६ को व्यवस्था बमोजिम तीन वर्षको समयमीमा दिएर गठन गरिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।








































