Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०१:५० बिहान
- ADVERTISEMENT -

बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन सरकारलाई निर्देशन

प्रकाशित मिति: २०७८ साउन २५, सोमबार

337
Shares

काठमाडौं, सोमबार, २५ साउन २०७८ । प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काठमाडौँ उपत्यका र उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन पनि बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन निर्देशन दिएको हो ।

बैठकले काठमाडौं उपत्यकाका सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी सहायक मार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिए ।

त्यस्तै बैठकले बजेट वक्तव्यमा समेटिएका कतिपय योजनाहरूको स्रोत सुनिश्चित नभएको प्रति ध्यानाकर्षण भएको भन्दै स्रोत सुनिश्चितताका आधारमा मात्र वार्षिक कार्य योजना बजेट वक्तव्यमा समेट्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको उनले बताए ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले पूर्वाधार मार्ग करिडोरसँग सम्बन्धित कानुनी सहजताका लागि काम सुरु भएको जानकारी दिए । उनले सहरी विकासको योजनालाई अघि बढाउन अन्य मन्त्रालयसंग पनि समन्वयनकारी भूमिका निर्वाह गर्ने जिकिर गरे ।

समिति सदस्यहरुले सहरी विकास आयोजनाहरूको गति सन्तोषजनक नरहेकाले यसलाइ सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -