Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५३:४५ बिहान
- ADVERTISEMENT -

‘समन्वय र सहकार्य आवश्यक’ : प्रमुख निर्वाचन आयुक्त

प्रकाशित मिति: २०७८ साउन २५, सोमबार

344
Shares

काठमाडौँ, सोमबार, २५ साउन २०७८ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य र समन्वय सम्बन्धमा निर्वाचन आयोगमा जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा उनले आगामी दिनका सहकार्यको खाँचो औँल्याएका हुन् ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिका लागि प्रतिवेदन तयार गर्न आयोगबाट सचिवसहित तीन तथा प्रत्येक सङ्घ महासङ्घबाट जनप्रतिनिधि एकरएक र कर्मचारी एकरएकको कार्यदल गठन गर्नसमेत निर्देशन दिए ।

कार्यक्रममा सहभागीले व्यवस्थित र नियमित मतदाता नामवली सङ्कलन, सहज र सुगम मतदानस्थल एवम् मतदान केन्द्रको व्यवस्था, निर्वाचन कार्यालयको भौतिक संरचना, मतदाता शिक्षाको प्रभावकारिता, मितव्ययी र प्रविधिमैत्री निर्वाचनमा जोड दिए । उनीहरुले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार प्रयोग गर्ने सम्बन्धमा आयोगको ध्यानाकर्षण गराएका थिए ।

लोकतन्त्रको संस्थागत विकास एवम् सुदृढीकरणका लागि निर्वाचन आधारशिला रहेको जनाउँदै सहभागीले निर्वाचनसम्बन्धी आयोगको हरेक कार्यमा समन्वय र सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले कार्यक्रमको उद्देश्य र सचिव सुरेश अधिकारीले स्थानीय तहसँग सो अवसरमा सहकार्य र समन्वयका सन्दर्भमा भएका संवैधानिक व्यवस्था, कानुनी व्यवस्था, सहयोग एवम् समन्वयका क्षेत्र र आयोगबाट भइरहेका गतिविधिहरूका सन्दर्भमा सङ्क्षिप्त प्रस्तुतीकरण गरे ।

निर्वाचन आयुक्त, महासङ्घ तथा सङ्घबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, कार्यकारी निर्देशक तथा प्रतिनिधि सहभागी भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -