गोरखा, आइतबार, २४ साउन २०७८ । गोरखा नगरपालिकाद्वारा कार्यालयकाे सेवा बन्द गर्ने जनाएकाे छ । आइतबार एक विज्ञप्ती जारी गर्दै नगरपालिकाले भाेली साउन २५ गतेदेखि अर्काे सूचना प्रकाशित नभएसम्म सेवा बन्द गर्ने जनाएकाे हाे ।
कार्यालयमा कार्यरत अधिकांश कर्मचारीलाई काेराेना भाइरसकाे संक्रमण देखिएपछि सेवा बन्द गर्नु परेकाे प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।
याेजना, प्रशासन तथा प्राविधिक शाखाका अधिकांश कर्मचारीमा काेराेना भाइरस देखिएकाे र यस्ताे अवस्थामा समेत सेवालाई निरन्तरता दिँदा थप जाेखिम बढ्न सक्ने भन्दै नगरपालिकाले अर्काे सूचना प्रकाशित नभएसम्म अत्यावस्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेकाे जनाएकाे छ ।








































