जापान, शनिबार, २३ साउन २०७८ । एनआरएनए जापान २०२१ को निर्वाचन समितिलाई आईसिसिको निर्देशन अनुसार भोलि अर्थात् २०२१ अगष्ट ८ तारिख गर्न खोजेको सपथ,ग्रहण नगर्न एसिया प्यासिफिकले दियोले निर्देशन दिनु भएको छ ।
गैर आवासिय नेपाली संघ,एसिया प्रशान्त क्षेत्रका संयोजक गोबिन्द प्रसाद श्रेष्ठ ले एनआरएनए जापानको २०२१ को निर्वाचन समितिले राखेको भनिएको सपथ,ग्रहण रोक्न निर्देशन दिएको छ।
निर्वाचन आयुक्त, निर्वाचन समिति एनआरएनए जापान २०२१ लाई एक पत्रचार गर्दै भोलि २०२१ अगस्ट ८ तारिख राखिएको भनिएको सपथ,ग्रहण स्थगीत गर्न निर्देशन दिएको छ।
निर्वाचनको क्रममा धाँदली भएको विषयलाई लिगेर असन्तुष्ट पक्षले अध्यक्ष मण्डल सामु उजुरी दिएको र सो उजुरी दिए पश्चात एनआरएनए जापानको मतदाता नामावली र निर्वाचन परिणामका सम्बन्धमा राजन प्रधानङको संयोजक्त्वमा एक छानबिन समिति गठन भैसकेकोले त्यस समितिलाई संम्बन्धित सबै पक्षले छानबिनमा सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको विषय प्राप्त हुन आएको छ ।









































