काठमाडौं, २२ साउन २०७८ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समस्या पहिचान गरेर तत्काल समाधान गरी अर्को ईतिहास रच्न सरकार नचुक्न आग्रह गर्नु भएको छ ।
आज सामाजिक सन्जाल फेसबुक मार्फत नेता पौडेल लेख्नु हुन्छ ।
कार्यकर्ता भर्ती केन्द्र बनाइएको सुकुम्बासी आयोग खारेज हुँदा रोइलो गर्नु कुनै तुक छैन । भुमिहीनसम्म पुग्न नसक्ने तर राज्यको ढुकुटी दोहन गर्ने यस्ता अखडाहरु भत्किनु पर्छ ।
तर, आयोग खारेज गरेर उम्किने छुट राज्यलाई छैन ।
भूमिसुधारका लागि हिजो विपीले गर्नुभएको संघर्षकाे ईतिहास कांग्रेस सङ्ग छ । समस्या पहिचान गरेर तत्काल समाधान गरी अर्को ईतिहास रच्न सरकार नचुकोस् ।










































