Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२०:१४ बिहान
- ADVERTISEMENT -

ऊर्जा क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि नयाँ नीति तथा कार्यक्रम

प्रकाशित मिति: २०७८ साउन २२, शुक्रबार

326
Shares

काठमाडौँ, साउन २२ गते । ऊर्जा क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पूर्ववर्ती ऊर्जामन्त्रीहरूसँग परामर्श लिनुभएको छ ।

नयाँ सरकार गठनलगत्तै सो मन्त्रालय सम्हाल्नुभएकी मन्त्री भुसालले विभिन्न विज्ञ, सरोकारवालासँग छलफल र परामर्श लिने क्रममा बिहीबार पूर्वऊर्जामन्त्रीहरूसँग छलफल गर्नुभएको हो ।

छलफलमा सहभागी पूर्वमन्त्रीहरूले आधारभूत तहका जनताको उत्थानलाई दृष्टिगत गरेर देशको आवश्यकता अनुसार कार्यक्रम बनाएर अघि बढ्न मन्त्री भुसाललाई सुझाव दिनुभएको छ । आफ्ना अनुभव सुनाउँदै पूर्वमन्त्रीहरूले देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न सुझाव दिनुभयो ।

छलफलमा पूर्वऊर्जामन्त्रीहरू वर्षमान पुन, डा. प्रकाश शरण महत, राधा ज्ञवाली, चित्रलेखा यादव, उमाकान्त झा, सञ्जय गौतमलगायत सहभागी हुनुहुन्थ्यो ।

पूर्वमन्त्री पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले नयाँ अवधारणाअनुसार जलाशययुक्त आयोजना बनाउनेतर्फ जानुपर्ने सुझाव दिनुभयो । सिँचाइ तथा विद्युत्का लागि उपयुक्त कार्यक्रम ल्याउन, गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क बिजुली उपलब्ध गराउने तथा विद्युत् महसुल दर घटाउने मन्त्रीको प्रस्ताव उपयुक्त भएको भन्दै कार्यान्वयनमा लैजान सुझाव दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -