काठमाडौं, बिहिबार, २१ साउन २०७८ । पछिल्लो २४ घण्टामा तीन हजार सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८७० आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, छ हजार ५३८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३१ जनामा स’ङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार १२ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३७ जनाको मृ’त्यु भएको छ । योसँगै नौ हजार ९९४ जनाको मृ’त्यु भइसकेको छ । अहिलेसम्म ९३।७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।








































