Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५८:४६ बिहान
- ADVERTISEMENT -

क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु

प्रकाशित मिति: २०७८ साउन २१, बिहीबार

430
Shares

काठमाडौं, बिहिबार, २१ साउन २०७८ । विदेश जानेहरुका लागि आवश्यक क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आज (विहीबार) बिहान १० बजेबाट कार्ड वितरण शुरु गरिएको केन्द्रका प्रवक्ता डा.जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

विदेश जानेहरुका लागि प्राथमिकताका आधारमा कार्ड वितरण गरिने र दैनिक एक हजार जनलाई यस्तो कार्ड वितरण हुने उहाँले बताउनुभयो । यस्तो विद्युतीय कार्ड प्राप्त गर्नका लागि खोप लगाएको सक्कल कार्ड, राहदानीको फोटो कपी र पासपोर्ट साइजको फोटो बुझाउनु पर्ने हुन्छ ।साथै यसका लागि अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ । सरकारले अहिले आयुर्वेद अस्पताल कीर्तिपुरबाट यो सेवा शुरु गरेको र विस्तारै अन्य जिल्लामा पनि शुरु गर्ने बताइएको छ । यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिनुभएको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो । कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड दिनु भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -