जापान, २१ साउन २०७८ । चितवन समाज जापानले टोकियो ओलम्पिकमा २०२० मा नेपालको प्रतिनिधिको रुपमा आउनु भएका राष्ट्रिय खेलकुद परिषदका सदस्यद्वय सुवास श्रेष्ठ (चितवन) र सम्पन्न श्रेष्ठ लाई टोकियोमा एक कार्यक्रमका बीच सम्मान गरेको चितवन समाज जापानले आफ्नो फेसबुक पेजबाट जानकारी गराएको छ ।
समाजले सो कार्यक्रममा हालै निर्वाचन भएर छानबिनको दायरामा परेको निर्वाचनबाट विजयी घोषणा गरिएका NRNA जापानका केहि पदाधिकारीहरु र आईसिसि सदस्य लाई समेत सम्मान तथा बधाई कार्यक्रम गरेको तथ्यहरु समाजको फेसबुक पेजमा राखिएको तस्बिरबाट देखिन्छ ।
समाजले सो कार्यक्रम समाजका बरिष्ठ उपाध्यक्ष कार्यवाहक अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न गरेको समेत जानकारी गराएको छ ।
समाजले खेलाडिका लागी नभएर सम्मान भन्दै बिबादित निर्वाचन बाट विजयी घोषणा आएकाहरु लाई मात्र खादा लगाएर सम्मान गरेको समेत फोटो देखिएको छ ।









































