Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५१:१६ बिहान
- ADVERTISEMENT -

खोप लगाउने दोस्रो जिल्ला बन्यो मुस्ताङ

प्रकाशित मिति: २०७८ साउन २०, बुधबार

286
Shares

बेनी, बुधबार, २० साउन २०७८ । हिमालपारिको जिल्ला मुस्ताङले १८ वर्ष माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्ला भित्रका १८ वर्ष पुरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन् ।

अहिलेसम्म नौ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइ सकेका छन् । भण्डारी भन्नुहुन्छ –‘जिल्ला भित्रका लक्षित वर्ग हेर्दा स्थानीय नागरिक सबैलाइ खोप लगाइसकिएको छ कहीँ कतै न्यून मात्रामा छुटेका हुन सक्लान् नलगाएकाहरु भएमा सम्पर्कमा आए भने हामीले तिनीहरुलाई पनि छिट्टै लगाउँछौं ।’ अब १८ वर्षमाथिका नागरिकहरु खोप लगाउन छुटेका छैनन् । खोप केही मात्रा हामीसँग मौज्दात पनि रहेकोले सबै नागरिकले खोप पाउँछन् – भण्डारीले भन्नुभयो ।

जिल्ला खोप अनुगमन तथा समन्वय समितिको बैठकको निर्णय बमोजिम नै खोप लगाइएको र जिल्लाभित्र कुनै पनि दुरूपयाेग नभएको भण्डारीले बताउनुभयो । भेरोसेल खोप पहिलो डोज लगाएका २४२ दोस्राे डोज लगाउन बाँकी भए पनि लक्ष्यित वर्ग सबै खोपको दायरामा आइसकेका छन् ।

मुस्ताङमा हाल सम्म ५१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकोमा अहिले २० जना सक्रिय सङ्क्रमित छन् । एक जना छोसेर कोभिड अस्पतालमा उपचाररत छन् भने अन्य सबै सक्रिय सङ्क्रमितहरु होम आइसोलेसनमा छन् । मुस्ताङ जिल्लामा कोभिड–१९ को संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ ।

हालसम्म मुस्ताङ जिल्लाभित्र पिसिआर विधिबाट २२३ जनाको परीक्षण गर्दा ११२ जनामा र एन्टीजेन विधिबाट २ हजार ७ सय १७ जनाको परीक्षण गर्दा ४०६ जनामा कोभिड–१९ पोजिटिभ पाइएका यस अघि मनाङमा १८ वर्षमाथिका सबैलाइ खाेप लगाएर पहिलाे जिल्ला बनेकाे थियाे । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -