Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०६:२८ बिहान
- ADVERTISEMENT -

‘राष्ट्रका लागि तपोवन’ : भवन भट्ट

प्रकाशित मिति: २०७८ साउन १८, सोमबार

512
Shares

काठमाडौँ, सोमबार, १८ साउन २०७८ । ओशो तपोवनले ‘राष्ट्रका लागि तपोवन’ नामक अभियान शुरु गरेको छ । नागार्जुनस्थित ओशो तपोवनमा एक कार्यक्रमको आयोजना गरी यो अभियान थालिएको हो । यो अभियानमा २६ घण्टाको प्रयोगात्मक, व्यवहारिक र आध्यात्मिक कार्यक्रम आयोजना गरिएको तपोवनले जनाएको छ ।

विभिन्न सेसनहरुमा विभक्त गरी सञ्चालन गरिएको सो कार्यक्रममा सहभागीहरुलाई ध्यानका विविध विधिको साथमा सकारात्मक सोचको विकास एवम् नकारात्मक सोचको जडमूल पत्ता लगाई त्यसलाई निर्मूल पार्ने व्यवहारिक अभ्यासहरु गराइएको अभियन्ता एवं नायिका सोविता सिम्खडाले बताइन् ।

यस सन्दर्भमा सहभागीहरुलाई अनावश्यक गम्भीरताबाट मुक्त भई हाँसो, खुसी र आनन्दित भएर सहज जीवन जिउने कला पनि सिकाइएको उनले बताइन् । पछिल्लो समयमा तीव्रताका साथ विश्वव्यपी रुपमा बढिरहेको महारोग मानसिक तनावलाई न्यूनीकरण गर्ने विभिन्न प्रभावकारी उपायहरु सिकाइएको उनले जानकारी दिइन् ।

पहिलो श्रृंखलाका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अभियानका प्राचार्य बोधिसत्व स्वामी आनन्द अरुणले एक कप चियामा एक चम्चा चिनी मिसाउँदा आउने मिठासजस्तै जीवनमा अध्यात्म मिसाउँदा जीवन नै मीठो र सार्थक हुने बताए ।

मानिसले गरेका सानातिना कामहरुलाई हामी हाम्रो संसार ठान्छौं भन्दै स्वामी अरुणले जीवनलाई समग्रतामा हेर्दा त्यो अत्यन्तै मूल्यहीन हुने भएकाले अनावश्यक भागदौड र तनाव नलिन सबैलाई सुझाव दिए ।

हरेक १५–१५ दिनमा ओशो तपोवनले सञ्चालन गर्ने यो अभियानमा समाजका जुनसुकै वर्ग, उमेर र तहतका व्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन् ।

बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहने यस अभियानको अवधारणा स्वामी आनन्द देवका रुपमा परिचित एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले निर्माण गरेका हुन् । यसको संयोजक स्वामी आनन्द अर्हत र सोविता सिम्खडा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -