काठमाडौँ, सोमबार, १८ साउन २०७८ । बागलुङ जिल्लाको पश्चिम गलकोटमा ब्रेक फेल भएर बस दु’र्घटना हुँदा ११ जना घा’इते भएका छन्।
काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका १ चौराहमा दु’र्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घा’इते भएका हुन्।
बसमा सबार १० जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
दु’र्घटनामा परी गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ की तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा घाइते भएका छन्।
यसैगरी, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भइ हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना छन्।
घा’इते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गरेको र बसका चालक चित्रबहादुर खड्कालाई नियन्त्रणमा लिइएको नायव उपरीक्षक हवारीले बताए ।








































