Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०३:०१ बिहान
- ADVERTISEMENT -

ए डिभिजन लिग सर्यो

प्रकाशित मिति: २०७८ साउन १८, सोमबार

401
Shares

काठमाडौं, सोमबार, १८ साउन २०७८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग आगामी कात्र्तिक २९ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।

डिभिजन खेल्ने क्लबसँगको छलफलपछि सहमतिमा प्रतियोगिता सुरु हुने मिति निर्धारण गरिएको एन्फाले जनाएको छ । यसअघि ए डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिएको थियो ।

प्रस्ताबित दक्षिण एशियाली फुटबल च्याम्पियनशीप(साफ) प्रतियोगिता असोज दोस्रो साता नेपालले नै आयोजना गर्ने तयारी भइरहँदा ए डिभिजन लिगको मिति सारिएको हो । एन्फाले ए डिभिजन लिगको उपाधि जित्ने टोलिको पुरस्कार राशी समेत बृद्धि गरेको छ । डिभिजन विजेता टोलिले अब ७५ लाख पुरस्कार पाउनेछ । यसअघि विजेता टोलिले ५० लाख पाएको थियो ।

उपविजेता हुने टोलिलाई पचास लाख र तेस्रो हुने टोलिलाई २५ लाख प्रदान गरिनेछ । डिभिजन लिगमा सहभागी हुने हरेक टोलिले तयारीका लागि २० लाख पाउनेछन् । पूछारमा रहने दुई टोलि रेलिगेशनमा परेर डिभिजन बीमा घटुवा हुनेछन् ।

लिग सिंगल राउन्डमा सञ्चालन हुनेछ । यसअघि डिभिजन खेल्ने क्लब सुपर आठ हुँदै अन्तिम छमा पर्ने टोलि च्याम्पियनशीपका लागि स्पर्धा गर्ने गरी तालिका परिमार्जन गर्न सहमत भएका थिए । तर कोभिड १९ को प्रकोपले एन्फाले उक्त परिमार्जन लागू नगरी सिंगल राउन्डमै प्रतियोगिता सञ्चालन गराउन क्लबलाई सहमत गराएको हो ।

डिभिजन लिगका लागि खेलाडी दत्र्ता प्रकृया यसअघि नै सुरु भइसकेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पदाधिकारी तथा क्लबसँगको बैठकपछि उक्त निर्णय गरिएको एन्फाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -