काठमाडौं, आइतबार, १७ साउन २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २५६८ जनामा को’रोनाभा’इरसको सं’क्रमण पु’ष्टि भएको छ । पीसीआर विधिबाट १९८१ र एन्टिजेन विधिबाट ५८७ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल सं’क्रमितको संख्या पीसीआरबाट ६ लाख ९७ हजार ३७० र एन्टिजेनबाट ६१ हजार ९३७ जना पुगेको छ ।
यस्तै, आज थप २०२० जना कोरोना सं’क्रमण मु’क्त भएका छन् । यससँगै कुल को’रोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ । निको हुनेको दर ९४.१ प्रतिशत छ ।
आज सं’क्रमणबाट थप १८ जनाको मृ’त्यु भएको छ । नेपालमा को’रोनाबाट ज्या’न गुमाउनको कुल संख्या ९ हजार ८७५ पुगेको छ ।








































