काठमाडौं, पूर्वयुवराज पारस शाहले काठमाडौंको महाराजगञ्जस्थित सडकमा प्रहरीसँग झगडा गरेका छन् ।
हेलमेट नलगाई सडकमा मोटरसाइकल लिएर हिडेको अवस्थामा प्रहरीले पारसलाई रोकेका थिए । उनलाई प्रहरीले हेल्मेट लगाएर हिड्नु भनेपछि पारसले उल्टै प्रहरीलाई थर्काएका थिए ।
शुक्रबार साँझ ७ः३० बजे उनले महाराजगञ्ज चोक नजिकै प्रहरीसँग झगडा गरेको भिडियो अहिले भाइरल बनेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले हेल्मेट नलगाई हिडेपछि ट्राफिक प्रहरीले रोकेको र केहीबेर गलफत्ती भएको जानकारी दिए । पारस पक्राउ नपरेकाे उनले बताए ।








































