Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२७:३० बिहान
- ADVERTISEMENT -

नेपालको ओलम्पिक यात्रा सकियो

प्रकाशित मिति: २०७८ साउन १५, शुक्रबार

314
Shares

काठमाडौं, साउन १५ गते । नेपालको ओलम्पिक यात्रा सकिएको छ ।

जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो ।

नेपालबाट १० मिटर शूटिङमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिलातर्फ गौरिका सिंह र पुरुष तर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गर्नुभएको थियो ।

आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती पुछारबाट दोस्रो हुनुभयो । स्पर्धामा नौ जना खेलाडी सहभागी थिए ।

सरस्वतीले आफ्नो राष्ट्रिय कीर्तिमान समेत सुधार गर्न सक्नुभएन । उहाँले एक सय मिटरको दूरी १२.९१ सेकेण्डमा पुरा गर्नुभयो । पुछारमा पर्नुभएकी सऊदी अरेबियाकी खेलाडीले उक्त दूरी तय गर्न १३.३४ सेकेण्ड लगाउनुभयो । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३ औं साग खेलकूदमा सरस्वतीले एक सय मिटरको दूरी १२.५५ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

दोहा, कतारमा सन् २०१९ मा सम्पन्न विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा सरस्वतीले एक सय मिटरको दौड १२.७२ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

दोस्रो हिटमा इरानकी फर्जानेह फैसिहीले ११.७६ सेकेण्डमा दूरी पार गर्दै पहिलो स्थानमा रहनुभयो । मलेसियाकी नबिला एलियास दोस्रो स्थानमा रहनुभयो । उहाँले ब्यक्तिगत प्रदर्शनमा सुधार गर्नुका साथै पहिलो राउण्डका लागि छनोट हुनुभयो । कुवेतकी अलशम्मारी तेस्रो भई पहिलो राउण्डमा छनोट हुनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -