काठमाडौं, १५ साउन २०७८ । गृहमन्त्री बालकृष्ण खाणले बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सहित प्राविधिक अध्ययन टोलि खटाउन निर्देशन दिनुभएको छ ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिईओ डा.अनिल पोखरेललाई निर्देश दिनु भएको हो।
मन्त्री खाँणले पछिल्लो समय बाढी पहिराले प्रभावित बनेका जिल्ला, सिन्धुपाल्चोक, मनाङ, गोर्खा लगायतका प्रभावित क्षेत्रमा राहत पुर्याउँदै सहज आपुर्तिको ब्याबस्था मिलाउन निर्देशन दिनुभएको छ ।
बाढी पहिरोले सडक पुलमा क्षति पुर्याएका कारण आवतजावत रोकिएका क्षेत्रमा हेलिकप्टरबाट प्राबिधिकको टोली खटाएर स्थलगत निरीक्षण गरि क्षेतीको अध्ययन गरि प्रतिबेदन पेश गर्ने र आवश्यक थप बजेट अर्थ मन्त्रालय माग गर्न गृह मन्त्री खाणले निर्देशन दिनु भएको छ ।








































