गोरखा, बुधबार, १३ साउन २०७८ । गोरखाको बुंकोटमा १५० घर धुरीलाई खानेपानीको फिल्टर बितरण गरिएको छ ।
शहिद लखन गाउँपालिका ७ को समन्वयमा वाइन टु वाटर नेपाल नामक गैर सरकारी संस्थाको सहयोगमा वडा भित्रको १५० घर धुरीलाई फिल्टर बितरण गरिएको हो ।

जेष्ठको अन्तिम साता देखी जिल्लामा बर्षा भएको र पानीको मुल दुषित हुदा पिउनेपानीको समस्या भएका कारण पनि वाइन टु वाटर संगको समन्वयमा वडाको सबै गाउँ बस्तीमा पुग्ने गरी बितरण गरिएको थियो ।

वडा कार्यालयमा नै बिशेष कार्यक्रम आयोजना गरी पालिकाका अध्यक्ष रमेशबावु थापा मगर, उपाध्यक्ष ईन्दिरा तिवारी, पालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवनबहादुर आले, वाइन टु वाटरकी राष्ट्रिय कार्यक्रम निर्देशक रोशनी कार्की सापकोटा, वाईन टु वाटर नेपालकी प्रोग्राम असिस्टेण्ट शैली चित्रकार, वास संयोजक यज्ञराज जोशी, बोड डाइरेक्टर राम तिमील्सिना, सामाजिक परिचालक बिरु गुरुङ लगायत वडा सदस्यहरु, वडा सचिव, वडाका कर्मचारीहरु तथा भद्र भलादमी र समाज सेवीहरुको उपस्थिती रहेको थियो ।








































