काठमाडौं, ११ साउन २०७८ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले साउन ११ का लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको छ।
निर्वाचन आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको थियो ।








































