चरिकोट, शनिबार, ९ साउन २०७८ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन सबै नेपालीलाई को’रोनावि’रुद्धको खो’प आ’वश्यक रहेको बताउनुभएको छ ।
को’भिड म’हामारीले देशका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारेको र पर्यटन क्षेत्र अझ बढी तहसनहस भएकाले मुलुकका उद्योगी व्यवसायीले सरकारको सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “मुलुकको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रम आवश्यक छन् । पर्यटकका रूपमा नागरिक ढुक्क भएर घुम्न तथा व्यवसाय सञ्चालन गर्नका लागि पनि सबै नागरिकलाई खोप दिनु आवश्यक छ ।”
दोलखाको चरिकोटमा निर्मित होटल एम्ब्रोसियाको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले को’भिडले मु’लुकको आर्थिक क्षेत्र जर्जर भएको अवस्थामा पनि दोलखामा खोलिएको यो होटलले मुलुकको समग्र उद्योग व्यवसाय क्षेत्रका लागि सकारात्मक सन्देश दिएको बताउनुभयो ।








































