काठमाडौं, शुक्रबार, ८ साउन २०७८ । नेपाल प्रहरीले ९८ जना प्रहरी नायब निरीक्षक (सई) हरुको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा गर्ने सिफारिस गरेको छ ।
२०७८ साउन ७ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूह तर्फका ९८ जना प्रहरी नायब निरीक्षकहरुलाई प्रहरी निरीक्षक पदमा बढुवा गर्ने सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेकोबढुवा सिफारिस सूचीको पहिलो नम्बरमा केशव थापा रहेका छन । ९४.९२५० अंक प्राप्त गरेका थापाको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा दरबन्दी रहेको छ ।
हेर्नुहोस सूचीः












































