काठमाडौँ, शुक्रबार, ८ साउन २०७८ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्ने तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरुले बधाई तथा शुभकामना दिने, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परिक्षकको सन्ताउनौँ वार्षिक प्रतिवेदन, २०७७’ पेश गर्ने लगायत सम्भावित कार्यसूचि छन् ।
पुनर्स्थापित पहिलो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए । देउवाले विश्वासको पक्षमा १६५ मत पाएका थिए। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हो ।









































