Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:१४ बिहान
- ADVERTISEMENT -

यसरी मनाउँदैछ कांग्रेसले ३९ औं स्मृति दिवस

प्रकाशित मिति: २०७८ साउन ६, बुधबार

317
Shares

काठमाडौं, बुधबार, ६ साउन २०७८ । वीपी कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला । नेपाली राजनीतिक इतिहासले कहिल्यै भुल्न नसक्ने नाम । वीपी कोइरालाको नामबाटै शुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण । उनै नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवस पार्टी तथा उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

यसपालि पनि नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले वीपी कोइरालालाई साउन ६ गतेको अवसर पारेर सम्झिदै छन् ।कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । कोइराला २०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

वीपीको मेलमिलापको नीतिबारे काँग्रेस मात्र होइन कम्युनिष्टहरुले पनि सान्दर्भिक भन्दै आएका छन् । पार्टीहरुबीच मेल नभइ देश विकास हुन्न भन्ने थाहा भए पनि अवसरका लागि जुट्ने र अन्य बेलामा आपसमा द्धन्द्ध बढाइरहने परम्परा यद्यपि छ ।

अर्थात् वीपीलाई हरेक दलले सम्झने गर्छन् । जतिबेला एकताका लागि पहल भइरहन्छ त्यतिबेला सबै दलले वीपीको नाम उच्चारण गरेरै एकताको प्रयास थाल्ने गरेका छन् । त्यसबाहेक वीपीको आदर्श र समाजवादको नीतिलाई अहिलेको कांग्रेस नेतृत्वले समेत भुल्दै गएको आरोप लाग्ने गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘वीपी कोइरालाले एउटा युगलाई परिवर्तन गर्नुभयो । उहाँले जुन क्रान्ति गर्नुभयो उहाँको आन्दोलनमा अहिले पनि हामी लडिरहेका छौं ।’ उनी अहिलेको नेतृत्वले वीपीको आदर्शलाई भुल्दै गएको आरोप लगाउँछन् ।

वीपी त्यस्ता नेता हुन् जसका कुनै पनि खोँट कसैले देखेका छैनन् । कसैले पनि उनको अहिलेसम्म कुनै पनि निर्णयमा आलोचना गरेका छैनन् । अर्थात् उनी दूरदर्शी नेता थिए भन्ने प्रमाण पनि हो ।

साहित्यकारसमेत रहेका वीपीको यौनमनोवादप्रति ठूलाठूला साहित्यकार पनि नतमस्तक हुने गरेका छन् ।

के गर्दैछ कांग्रेसले वीपी स्मृति दिवसमा ?

सत्तामा रहेको नेपाली कांग्रेसले बुधबार ७७ वटै जिल्लामा कार्यक्रम गर्दैछ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसका ७७ वटै जिल्ला कार्यालयको आयोजनामा वीपी स्मृति दिवस मनाइँदैछ

र्याली, सभा, गोष्ठीदेखि लिएर वृक्षारोपण लगायतका कार्यक्रमहरु गरिन लागेको हो ।

यता, काठमाडौंमा केन्द्रीय प्रचारप्रसार विभागले गर्ने कार्यक्रममा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने पौडेलले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -