बासुदेव न्यौपाने
म को हु तिमिले प्रश्न गर
मेरो उत्तर हुने छ !
राजनैतिक भाषामा उत्तर दिन्छु
तिमी नेताको झोले हो
नेताको अन्धभक्त हो
जटाधारी भेषमा नाङ्गिएको भोले हो !!
सामाजिक भाषामा उत्तर दिन्छु
तिमी ट्वाइलेटको प्यान हौं
तिम्रो अनुहारमा जो सुकैले मुति दिन सक्छ
झोलेपन्तिको राजनीति जो सुकैले थुकी दिनसक्छ !!
पार्टिको विधानको हिसाबले उत्तर दिन्छु
तिम्रा “बा” को बिर्ता होइन
पुरोनो ओके नयाँ फिर्ता होइन
विधानको पन्ना पल्टाएर आउ
दिमाखको कसिङ्गर सल्टाएर आउ !!
विज्ञानको हिसाबले उत्तर दिने छु
तिमी हिजोको अन्डा आजको चल्ला हौं
तिमी कार्बनमनोअक्साइड हौं
राजनीतिको अराजक वायु हौं !!
कसैले सोध्न सक्छ तिम्रो राजनैतिक उचाइ कती हो ?
म नापेर भनिदिनेछु
झोलेपन्तिमा सतप्रतिसत फिट
भौतिक उचाइ सात फिट
दम्भको राजनीति जताजतै फिट
सामाजिक उचाइमा नो फिट !!
महाधिवेशनले प्रश्न गर्न सक्छ तपाइँ को हो ?
म उत्तर दिने छु
नेतालाइ द्वन्दमा फसाउने “उ” हो
यो गुटको राजनीति गर्ने “गु” हो !!
चुनावले सोध्न सक्छ तिमी को हो ?
मेरो उत्तर हुने छ
यो नेपाली काङ्ग्रेस हो
यस्को चुनाव चिन्ह सुर्य हो
गोलाकार भित्रको हसिया हतौडो हो !!
र मेरो अन्तिम प्रश्न के पाइस झोले ?
मेरो उत्तर हुनेछ : केरा









































