काठमाडौँ, शनिबार, २ साउन २०७८ । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय सदस्य श्याम घिमिरेमाथि भएको आ’क्रमण अ’नुशासनहिन र द’ण्डनीय ग’तिविधि भनेको छ ।
पार्टीका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै आफ्नै कार्यकर्ताबाट केन्द्रीय सदस्य घिमिरेमाथि भएको आ’क्रमण नि’न्दनीय, अ’नुशासनहिन र द’ण्डनीय ग’तिविधि भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘कांग्रेसका केन्द्रीय सदस्य एवं कृयाशिल सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आ’क्रमण अ’त्यन्तै नि’न्दनीय छ । कृयाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आ’क्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन ।’
महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई ग’म्भीरतापूर्वक लिएको जनाउँदै विज्ञप्तिमा भनिएको छ ‘सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उ’जुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अ’नुशासनहिन र द’ण्डनीय गतिविधि अस्वीकार्य छ । ’









































