काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक’नामक मोबाइल एप सार्वजनिक गरेको छ ।
एक भर्चुअल कार्यक्रमकाबीच डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेका हुन् ।
बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमयदर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।









































