काठमाडौँ, बुधबार, ३० असार २०७८ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंदरबार पुग्नु भएका नवनियुक्त प्रधानमन्त्री देउवाले पदभार ग्रहण गर्नु भएको हो ।
प्रधानमन्त्री देउवाको पदभारपछि पहिलो मन्त्रिपरिषद् बैठक पनि बसेको छ । वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको छ ।
कोरानाविरुद्ध अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने निर्णय पनि भएकाे छ ।
प्रधानमन्त्री देउवाकाे मन्त्रिपरिषदमा कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री र माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकरलाई अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीको जिम्मेवारी दिइएकाे छ ।








































