काठमाडौँ, २९ असार २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी विपक्षी गठबन्धनका नेता देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरे राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवाले आज साँझ ६ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।








































