मंगलबार, २९ असार २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले दे’शबाशीको नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार छाड्नुअघि ओलीले दिउँसो २ बजे सम्बोधन गर्न लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
२०७४ फागुन ३ गते प्रधानमन्त्री नि’युक्त भएपछि ओली बालुवाटार ब’साइँ सरेका थिए ।
राष्ट्रपति विद्या भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर मंगलवार साँझ शपथ गराउने तयारी गरेकी छिन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुन: स्थापना गर्दै देउवालाई आज ५ बजेभित्र प्रधानमन्त्रीको शपथ ग्रहण गराउन आदेश दिएको थियाे ।








































