दमौली, शनिबार, २६ असार २०७८ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने ख’ण्ड चार घण्टापछि एकतर्फी स’ञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अ’वरुद्ध भएको थियो । प’हिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ ।
प’हिरो हटाएर राजमार्ग ए’कतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
शुक्रबार र आज वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ । ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।








































