काठमाडौं, बुधबार, २३ असार २०७८ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । होटल मेरियटमा केही बेरअघिबाट दुई नेताबीच छलफल सुरु भएको हो ।
पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।
दिउँसो कार्यदलका सदस्यहरुका बीचमा भएको छलफलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद गराउन पहल गर्ने सहमति भएको थियो।








































