काठमाडौँ, बुधबार, २३ असार २०७८ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट दुई हजार ७७ र एण्टीजेन विधिबाट ९०२ जना गरी कुल दुई हजार ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ६ लाख ५० हजार १ सय ६२ र एण्टीजेन विधिबाट गर्दा ४० हजार ८ सय १२ जना गरी कुल ६ लाख ९० हजार ९७४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
आजै एक हजार ३३३ जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ६ लाख १४ हजार ३२७ जना संक्रमितहरु निको भएका छन्। नेपालमा काेराेना संक्रमण निकाे हुने दर ९४.६ प्रतिशत रहेकाे छ।
गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ७ हजार ८३५ र एन्टीजेन विधिबाट ४ हजार ६३ जना गरी कुल ११ हजार ८९८ जनाको काेराेना परीक्षण गरिएको छ।








































