पोखरा, मंगलबार, २२ असार २०७८। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले’ महिला सहभागिताबाट मात्र आ’र्थिक रु’पान्तरण सम्भव हुने बताउनु भएको छ ।
पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का टोलीसँगको भेटघाट कार्यक्रममा उहाँले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकासका लागि महिला पर्यटन व्यवसायीको सहभागिता पनि अपरिहार्य रहेको जनाउनुभयो ।
उहाँले गण्डकी प्रदेश पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले यहाँको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षलाई उचित व्यवस्थापन गर्दै जनसहभागितामूलक र दिगो विकासकाका लागि नयाँ सोचको आवश्यकता औँल्याउनुभयो ।
“म’हिला बिहानदेखि बेलुकासम्म श्र’ममा खटिन्छन्, तर श्र’मको मूल्याङ्कन हुनसकेको छैन, श्र’मको मूल्याङ्कन नभएसम्म महिलाको सम्मान पनि हुँदैन”, उहाँले भन्नुभयो ।
उहाँले पछिल्लो समय हरेक क्षेत्रमा महिला सशक्त भएर अघि बढे पनि कार्यकारी र नेतृत्व तहमा महिलाको सहभागिता अझै न्यून रहेको बताउनुभयो ।








































