एजेन्सी, मंगलबार, २२ असार २०७८ । ब्राजिल जारी कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।
सोमबार भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।
ब्राजिलको जितमा लुकास पाक्केटाले ३५ औं मिनेटमा निर्णायक गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । बाँकी समयमा दुवै टोलीले गोलको अवसर पाएपनि गोल गर्न सकेनन् ।









































