काठमाडौँ, सोमबार, २१ असार २०७८ । प्र’तिनिधिसभा वि’घटन र सं’विधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रि’टमा ब’हस स’किएको छ ।
स्वतन्त्र राय दिन झिकाइएका अदालतका सहयोगी (एमिकस क्युरी) ले पनि आफ्नो राय दिइसकिएकोले ब’हस सकिएको हो ।
रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस पनि सोमबार दिउँसो सकिएको थियो । रिट निवेदक पक्ष र विपक्षले प्रतिनिधिसभा विघटन मु’द्दामा १५/१५ घण्टा ‘बहस गरेका थिए ।
एमिकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिए ।
अब प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईकाे संवैधानिक इजलासले असार २८ गते फैसला सुनाउने भएको छ । सोमबार सुनुवाइ सकिएसँगै संवैधानिक इजलासले फैसला सु’नाउने मिति तय गरेको हो ।








































