काठमाडौँ, सोमबार, २१ असार २०७८ । प्र’तिनिधिसभा वि’घटन र सं’विधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा ब’हस सकिएको छ।
आइतबारदेखि सुरु भएको रिट निवेदनका तर्फको जवाफी ब’हस आज दिउँसो स’किएसँगै पक्ष-विपक्षका अधिवक्ताको ब’हस सकिएको हो ।
सभामुखका तर्फबाट, वि’पक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस यसअघि नै सकिएको थियो । रिट निवेदक पक्ष र विपक्षले प्रतिनिधिसभा विघटन मुद्दामा १५/१५ घण्टा बहस गरेका छन् ।
अब अदालतका सहयोगीले दुई घण्टा बहस गर्ने गर्नेछन् । एमिकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् ।
अदालतका नि’ष्पक्ष सहयोगीले का’नूनअनुसार अदालतलाई आफ्नो स्वतन्त्र राय दिनेछन् ।








































