काठमाडौं, २१ असार २०७८ । को´रोनाभा´इरस स´ङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बृद्धि भइरहँदा इन्डोनेसियामा अ´क्सिजनको स´ङ्कट चुलिएको छ ।
सरकारले अक्सिजन उत्पादकलाई चिकित्सकीय आवश्यकताको आधारमा आपूर्ति गर्न आदेश दिएको छ ।
अस्पतालहरुले भने अ´क्सिजन अभावले अवस्था आफ्नो क्षमता बाहिर गएको जनाएको छ ।
बीबीसीका अनुसार कोभिड १९ सङ्क्रमित उपचारार्थ एक अस्पतालका ६३ जनाको समयमै अ´क्सिजन पूर्ति गर्न नसक्दा मृत्यु भएको छ ।
इन्डोनेसियामा हाल दैनिक २५ हजारभन्दा बढी सङ्क्रमित थपिदै आएका छन् । कोरोनाको डेल्टा स्वरुप तीव्र रुपमा फैलिरहँदा इन्डोनेसिया हाल सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । हालसम्म २३ लाख ब्यक्ति सङ्क्रमित भएका छन् । ६० हजारभन्दा बढी मृत्यु दर्ता गरिएको छ ।








































