Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५६:४३ बिहान
- ADVERTISEMENT -

प्रतिनिधि सभा विघटन : आज बहस सकिँदै, कहिले आउँछ फैसला ?

प्रकाशित मिति: २०७८ असार २१, सोमबार

336
Shares

काठमाडौं, सोमबार, २१ असार २०७८ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस आज पनि जारी रहने छ ।

सोमबार रिट निवेदक पक्षका अधिवक्ताले जवाफी बहस र एमिकस क्युरीले राय प्रस्तुत गर्नेछन् ।

रिट निवेदक पक्षलाई जवाफी बहसका ३ घण्टाको समय तोकिएको छ । उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा २ मिनेट समय बाँकी छ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार नै एक घण्टा जवाफी बहस गरिसकेका छन् । सोमबार सोमबार बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् ।

जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ। त्यसका लागि २ घण्टा समय तोकिएको छ। क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक छन् । सम्भवत: आजै सुनुवाई सकिनेछ ।

एमिकस क्युरीको रायपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुट्नेछन् । छलफलपछि संयुक्त रुपमा फैसला लेख्नेछन् । सर्वोच्चले विगतमा बहस सकिए लगत्तै आदेश दिएकाले यसपटक पनि ढिला नगरी यही साताभित्र फैसला आउने सम्भावना रहेको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

प्रतिनिधि सभाका १४६ सांसद सर्वोच्चमा लाइन लागेर प्रतिनिधिसभा ब्युँताउन र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै जेठ १० गते रिट दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -