काठमाडौँ, २० असार २०७८ । नेपाली काँ’ग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रदीप पौडेललाई प्र’वक्ताको जि’म्मेवारी तोकेको छ ।
काँग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छानविन समितिका सचिव केशव रिजाले जानकारी दिनुभयो ।
समितिका कामकारवाही बारे औपचारिक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








































